Naya Media
शुक्रबार, कार्तिक २८, २०८२
| | November 14, 2025
शुक्रबार, कार्तिक २८, २०८२

‘नेपाल रत्न’ विभूषण पाउने नागरिकलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम

नेपाल रत्नबाट हरेक वर्ष एक जनालाई विभूषित गरिने

User Photo
बिहिबार, फाल्गुन २२, २०७६
काठमाण्डाै ।

सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ । नेपाली नगारिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ ।

नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी मस्यौदा विधेयकमा उक्त मानपदवी पाउनेलाई सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने सबै खर्च सरकारले दिने व्यवस्था गरिएको छ । नेपाल रत्नबाट हरेक वर्ष एक जनालाई विभूषित गरिनेछ । त्यसबाट विभूषित हुनेले कूटनीतिक राहदानी, नामअघि नेपाल रत्न शब्द जोड्न, निःशुल्क हवाई यात्रा गर्न पाउने व्यवस्था पनि गरिएको छ । नागरिक दैनिकमा समाचार  छ ।

त्यसैगरी सरकारले प्रदान गर्ने भनी प्रस्ताव गरिएका मानपदवीमा दुईव्टा थप गरिएको छ । थपिएका ती मानपदवीका नाम ‘सगरमाथा सम्मान विभूषण’ र ‘गौतम बुद्ध पदक’ राखिएको छ । यसअघि वर्षमा २० जनलाई मात्र विभूषिण् गर्ने प्रस्ताव गरिएको थियो । ‘सगरमाथा सम्मान विभूषण’ भने विदेशी राज्यका पदाधिकारीलाई दिने व्यवस्था गरिएको छ । उक्त सम्मान पाउनेको मञ्जुरी भए सम्मानार्थ नेपाली नागरिकतासमेत दिनसक्ने प्रस्ताव विधेयकमा गरिएको छ । उक्त विभूषण पनि वर्षमा एक जनालाई मात्र दिने प्रस्ताव गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.