Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

‘नेपाल रत्न’ विभूषण पाउने नागरिकलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम

नेपाल रत्नबाट हरेक वर्ष एक जनालाई विभूषित गरिने

User Photo बिहिबार, फाल्गुन २२, २०७६
काठमाण्डाै ।

सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ । नेपाली नगारिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ ।

नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी मस्यौदा विधेयकमा उक्त मानपदवी पाउनेलाई सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने सबै खर्च सरकारले दिने व्यवस्था गरिएको छ । नेपाल रत्नबाट हरेक वर्ष एक जनालाई विभूषित गरिनेछ । त्यसबाट विभूषित हुनेले कूटनीतिक राहदानी, नामअघि नेपाल रत्न शब्द जोड्न, निःशुल्क हवाई यात्रा गर्न पाउने व्यवस्था पनि गरिएको छ । नागरिक दैनिकमा समाचार  छ ।

त्यसैगरी सरकारले प्रदान गर्ने भनी प्रस्ताव गरिएका मानपदवीमा दुईव्टा थप गरिएको छ । थपिएका ती मानपदवीका नाम ‘सगरमाथा सम्मान विभूषण’ र ‘गौतम बुद्ध पदक’ राखिएको छ । यसअघि वर्षमा २० जनलाई मात्र विभूषिण् गर्ने प्रस्ताव गरिएको थियो । ‘सगरमाथा सम्मान विभूषण’ भने विदेशी राज्यका पदाधिकारीलाई दिने व्यवस्था गरिएको छ । उक्त सम्मान पाउनेको मञ्जुरी भए सम्मानार्थ नेपाली नागरिकतासमेत दिनसक्ने प्रस्ताव विधेयकमा गरिएको छ । उक्त विभूषण पनि वर्षमा एक जनालाई मात्र दिने प्रस्ताव गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.