Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

भारतीय मिडियामा गलत समाचार, चिकित्सक भन्छन दार्चुलामा काेराेना छैन

दार्चुलाका एक युवामा कोरोना लक्षण देखिएको भन्ने समाचार गलत

User Photo बिहिबार, फाल्गुन २२, २०७६
काठमाण्डाै ।

दार्चुलामा कुनैपनि व्यक्तिमा कोरोना भाइरस (केभिड १९) को संक्रमण नदेखिएको चिकित्सकले बताएका छन्। हालसम्म दार्चुलामा कोरोना भाइरसको संक्रमण नदेखिएको र त्यस्तो सम्भाना पनि कम रहेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिए।

‘हालसम्म दार्चुलामा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन’, जनस्वास्थ्य अधिकृत भट्टले भने। भारतको ‘न्युज पिथौरागढ टिभी’ नामक अनलाइन मिडियाले दार्चुलाका एक युवामा कोरोना लक्षण देखिएको भन्ने समाचार प्रकाशित गरेपछि त्रास फैलिएको थियो।

भारतीय अनलाइनमा प्रकाशित समाचार नेपाली मिडियाले पनि प्रयोग गरेपछि अझ त्रास बढेको थियो। भारतीय मिडियाले लेखेको समाचार सत्यता नभएको सहाय प्रमुख जिल्ला अधिकारी टेबहादुर कुँवरले बताए। ‘भारतीय मिडियाले अफबाह फैलाइदियो, सत्यता केही छैन’, उनले भने, ‘सतर्कता अपनाउनु भने उपयुक्त हुन्छ।’

भारतीय मिडियाले गलत समाचार प्रशारण गरेर ठूलो गल्ती गरेको कुँवरले बताए। कोरोना देखिएको भनी पुष्टि भएका युवाको पिसाबमा संक्रमण देखिएको र कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताए।

काठमाडौं एक होटेलमा काम गर्दै आएका ती युवक घर आएपछि एक महिनादेखि ज्वरो आएकै भरमा कोरोना संक्रमण भन्न नमिल्ने डाक्टर दुवालको भनाइ छ।

रुघाखोकी लाग्दैमा पनि कोरोना भन्न नमिल्ने भन्दै प्रयोगशालाबाट प्रमाणित हुनुपर्ने उनको तर्क छ। ती युवालाई एक महिनादेखि ज्वरो आएको भएपनि कोरोना भाइरसको संक्रमण भएको शंका गर्ने खालका कुनै लक्षण नदेखिएको डाक्टर दुवालले बताए।

उक्त टेलिभिजनले संक्रमितलाई काठमाडौं रिफर गरिएको समाचारमा उल्लेख गरेको थियो। जसले गर्दा दार्चुलाबासी त्रसित बनेका हुन्। ‘समाचार लेख्दा सत्यतथ्य बुझेर मात्रै लेखिदिनुपर्छ’, उनले भने, ‘नभए नागरिक त्रसित बन्छन्।’

शंकास्पद लक्षण देखिए पनि ल्याबबाट पुष्टि नहुदाँसम्म संक्रमण भन्न नमिल्ने उनको भनाइ छ। कोरोनाको संक्रमण फैलिएका शहरमा भ्रमण गरेका व्यक्तिसंगको सम्पर्क बिना नै कोरोनाको संक्रमण नहुने चिकित्सकको भनाइ छ।

भिडभाडमा नजान, सरसफाइमा ध्यान दिन र बाहिर हिड्दा मास्क प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.