Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

रेल्वे कम्पनीले पाएन कर्मचारी, परेन एउटा पनि आवेदन

रेल सेवा सञ्चालन अनिश्चित बन्दै

User Photo बुधबार, फाल्गुन २८, २०७६
काठमाण्डाै ।

बहुप्रतीक्षित जयनगर–जनकपुर रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको छ । रेल्वे कम्पनीद्वारा कर्मचारी भर्नाका लागि आवेदन माग गरिएकोमा एकजनाले पनि निवेदन नदिँदा उक्त रेल सेवा सञ्चालन अनिश्चित बन्दै गएको हो ।

उक्त रेल सेवा सञ्चालनका लागि रल्वे कम्पनीले रेल सेवासँग सम्बन्धित २६ जना कर्मचारी करारमा भर्ना गर्न १५ दिनको म्यादसहित फागुन ९ गते आवेदन माग गरेको थियो ।

आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेलवे कम्पनीमा प्राप्त हुन नसकेको रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रले जयनगर–जनकपुर रेल सेवा सञ्चालनका लागि सुरुमा २६ जना प्राविधिक कर्मचारी करारमा भर्नाका लागि आवदेन माग गरिएकोमा विज्ञापनको अन्तिम मितिसम्म एउटा निवेदन प्राप्त हुन नसकेको जानकारी दिए ।

उनले भने, ‘अब सो कर्मचारी भर्ना गर्न ग्लोबल विज्ञापन गरिने छ, त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.