Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

क्यानडाका प्रधानमन्त्री श्रीमती सहित क्वारेन्टनाइनमा

कोभिड-१९ को रिपोर्ट आउन बाकी

User Photo शुक्रबार, फाल्गुन ३०, २०७६
काठमाण्डाै ।

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायत बुधबार राती सामान्य ज्वरो पनि आएको थियो ।

उनीमाथि कोभिड-१९ को परीक्षण गरिएको र रिपोर्ट आइनसकेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । ‘सावधानीस्वरुप प्रधानमन्त्रीले आफूलाई सेल्फ आइसोलेशनमा राखेका छन् र सोफीको रिपोर्ट आइनपुग्दासम्म घरबाटै काम गर्ने निर्णयमा पुगेका छन्,’ प्रधानमन्त्री कार्यालयले भनेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.