Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

पोर्चुगलमा पनि ७४ नेपाली क्‍वारेन्टाइनमा

भागेका नेपालीहरू राजधानी देखी २७७ किलोमिटर टाढाबाट पक्राउ परेका थिए

User Photo मङ्लबार, चैत्र ४, २०७६
काठमाण्डाै ।

पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्‍वारेन्टाइनमा रहेकाछन । आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्‍वारेन्टाइनमा राखेको हो ।

पोर्चुगलका पत्रकार गणेश पाण्डेका अनुसारआइतबारफारोस्थित खेतीमा काम गरिरहेका एक जना नेपाली बिरामी परेपछि उनीसँगै काम गर्ने साथीले अस्पताल लगेका थिए। कान्तिपुर दैनिकमा समाचार छ ।

चिकित्सकहरुको परीक्षणपछि ती नेपालीलाई कोरोना लागेको निश्चित गरेपछि तिनलाई लिएर जाने नेपालीलाई पनि जाँच गर्नुपर्ने भन्दै अस्पतालको कोठामा केहि बेर पर्खन लगाएका थिए। तर, चिकित्सकले ‘कोरोना लागेका व्यक्तिलाई लिएर आएकाले तिम्रोपनि परीक्षण गर्नुपर्छ’ भनेर पर्खाएपछि ती नेपाली अस्पतालबाट भागेका थिए।

त्यसपछि चिकित्सकले आइतबार राति नै अध्यागमन प्रहरीलाई खबर गरेको थियो। अध्यागमन प्रहरीहरुले फारोको खेतीमा काम गर्ने नेपालीहरुको सूची लिएर रातैभरि छापा हानेर उनीहरुलाई पक्राउ गरेर क्वारेन्टाइनमा राखेको थियो। आइतबार बेलुकी उनीहरुलाई इन्सिनो ब्यासिको २-३ सान्टो आन्तोनिउ फारोको एक स्कुलको क्‍वारेन्टाइनमा राखिएको छ। सबै नेपालीहरु एउटै कम्पनीमार्फत् कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यममा जनाइएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.