Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

प्रचण्डको चित्त दुखाइ- ‘म कार्यकारी हुँ कि हैन’

प्रधानमन्त्री घरेबन्दीमा परे भने देखी प्रचण्डमा निहीत कार्यकारी अध्यक्षको भूमिका खोसियाे कि ?

User Photo बुधबार, चैत्र ५, २०७६
काठमाण्डाै ।

‘तपाईंहरुको दबाब भनौँ कि, सदाशयता मानौँ, कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने (कुरा) भयो । तर, अहिले लाग्दैछ म कार्यकारी हुँ कि हैन ।’

अस्ति पूर्वएमालेका केही नेतासहित खुमलटारको एउटा जमघटमा नेकपा अध्यक्ष प्रचण्डले यस्तो कुरा सुनाएपछि एक आपसमा हेराहेर गर्नुबाहेक विकल्प थिएन । ‘त्यही त के गरेको होला यस्तो ?,’ एक जना नेताले आश्चर्य त प्रकट गरे, तर आश्चर्यमा चाहिँ सबभन्दा बढी प्रचण्ड नै परेको व्यक्त भावले बुझाउँथ्यो । उनले भने, ‘बामदेवजीकै कुरामा पनि त संस्थागत निर्णय भएको हो । तर, आजसम्म कार्यान्वयन हुन सकेन ।’

खुमलटारको बुझाइअनुसार सभामुख चयन र वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गर्दा आफू घेराबन्दीमा परेको महसुस गर्नाले प्रचण्डमा निहीत कार्यकारी अध्यक्षको भूमिका खोसिएको हुनुपर्छ ।

त्यसपछिका बैठकमा अरुलाई जस्तै प्रचण्डलाई पनि बोलाइने, प्रधानमन्त्रीले आफ्ना कुरा सरसर्ती राख्ने र ‘आज कुरा यत्ति हो’ भनेर बैठक टुङ्ग्याइदिने चलन चल्यो । प्रधानमन्त्रीले नै बैठक टुङ्ग्याएपछि सचिवालय सदस्य उठ्ने भए ।

‘हैन–हैन बाँकी छ’ भन्दा पनि नसुनेझैँ प्रम बाटो लागेकोमा प्रचण्डको चित्त दुखाइ रहेछ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.