Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

त्रिविका सम्पूर्ण परीक्षा स्थगित, प्राध्यापकलाई पनि विदा

प्रशासन भने खुल्ला रहने

User Photo बिहिबार, चैत्र ६, २०७६
काठमाण्डाै ।

त्रिभुवन विश्वविद्यालयले चैत महिनाभित्रमा सञ्‍चालन गरिने सम्पूर्ण परीक्षा स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्‍को बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो । कार्यकारी परिषद्‍ले परीक्षा स्थगित गर्न सबै सङकाय तथा परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार सम्पूर्ण परीक्षा स्थगित गरिएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । उनका अनुसार अर्को परीक्षाको मिति कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर तोकिनेछ । तर यसअघि नै सुरु भएका तर बिहीबार अन्तिम दिन रहेका परीक्षा भने सूचारु भएको जोशीले बताए ।

क्याम्पमा कार्यरत प्राध्यापकलाई पनि चैत मसान्तसम्म विदा दिने निर्णय गरिएको छ । यो विदा आगामी बर्षे तथा हिउँदे विदामा मिलान गरिने उनले जानकारी दिए । विश्‍वविद्यालय बन्द भएपछि करिब ५ लाख विद्यार्थी र ७ हजार प्राध्यापक घरमै बस्नेछन्। प्रशासनका कर्मचारी भने कार्यालय आउनुपर्ने त्रिविले जनाएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.