Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

दशै तिहार जस्तै काठमाण्डाैबाट बाहिरिने बढे

User Photo शुक्रबार, चैत्र ७, २०७६
काठमाण्डाै ।

कोरोना भाइरसको सन्त्रासका कारण काठमाडौं उपत्यकामा सवारीसाधनको चाप कम हुँदै गएको छ । सरकारले शैक्षिक संघसंस्थाको पठनपाठन तथा परीक्षा स्थगित गरेपछि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या एक्कासि वृद्धि हुँदा उपत्यकामा सवारी चाप कम हुँदै गएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले विगतको तुलनामा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी र यात्रुको संख्या वृद्धि भएको बताए ।

उपत्यकाबाट बाहिरिनेमा अधिकांश युवा तथा विद्यार्थी , बालबालिका र महिला रहेको प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिरिने मुख्य नाकामा सवारीसाधनको संख्या वृद्धि भएको छ ।

प्रहरीका अनुसार दसैं, तिहार तथा महाभूकम्प २०७२ को बेलामा जस्तै अहिले यात्रुहरु बाहिरिएको पाइएको छ । बसपार्कका टिकट काउन्टरमा सर्वसाधारणको सामान्य भीड देखि थालेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.