Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

इटालीमा कोरोना संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४ हजार नाघ्याे

प्रतिबन्ध कडा गर्न सेना परिचालन

User Photo शनिबार, चैत्र ८, २०७६
काठमाण्डाै ।

इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ ।

इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ । इटलीमा कोरोनाको पहिलो संक्रमण लोम्बार्डीमै पुष्टि भएको थियो । कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा कठिनाइ भइरहेको सीएनएनले जनाएको छ ।

कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको प्रतिबन्ध कडा र पर्याप्त नभएकोसमेत बताएका छन् ।

अवस्था भयावह बनेपछि इटली सरकारले अब प्रतिबन्ध कडा गर्न सेनालाई परिचालन गर्ने तयारीसमेत गरेको सीएनएनको समाचारमा उल्लेख छ । इटलीका राष्ट्रपतिले शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा सेना परिचालनलाई स्वीकार गरिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘सेना प्रयोग गर्ने अनुरोध स्वीकार गरिएको छ । तत्काललाई लोम्बार्डीमा ११४ सेना खटिने छन् । यो संख्या थोरै भए पनि सकारात्मक छ ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.