Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

ट्रम्पले सिफारिस गरे ट्यांकी सफा गर्ने औषधि, सेवन गर्दा एककाे मृत्यु एक गम्भिर बिरामी

काेराेनाकाे औषधि भन्दै गलत सन्देश प्रवाह गरेका ट्रम्पको चर्को आलोचना

User Photo बुधबार, चैत्र १२, २०७६
काठमाण्डाै ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितका लागि सिफारिस गरेको औषधि सेवनबाट एक जनाको ज्यानै गएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् ।

ट्रम्पले कोरोना संक्रमित बिरामीका लागि सिफारिस गरेको क्लोरोक्वाइन नामक औषधि सेवन गर्दा अमेरिकाको एरिजोनाका दम्पती नै बिरामी परेका थिए । बिरामीमध्ये श्रीमानको उपचारका क्रममा ज्यान गएको र श्रीमतीको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

‘औषधि सेवनको छोटो समयमा नै दम्पती बिरामी परेका थिए,’ एरिजोनमा रहको सिस्टम ब्यानर अस्पतालले भनेको छ । अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार, क्लोरोक्वाइन सेवन गर्ने दम्पती ६० वर्ष माथिका छन् ।

क्लोरोक्वाइन माछा राख्ने ट्यांकी सफा गर्ने औषधि हो । तर, ट्रम्पले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा पटकपटक क्लोरोक्वाइनलाई कोरोना भाइरस निको पार्ने औषधि भएको बताएका थिए ।

औषधि सेवन गर्ने ती महिलाले एनबीसी न्युजसँग क्लोरोक्वाइनको सम्भाव्य फाइदाबारे आफूले ट्रम्पको टेलिभिजन सम्बोधनमार्फत थाहा पाएको र त्यहीअनुरूप सेवन गरेको बताएकी छन् ।

कोरोनाको संक्रमण नभए पनि त्यसको सम्भावित जोखिमबाट जोगिन क्लोरोक्वाइन सेवन गरेको उनको भनाइ छ ।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले मलेरिया, लुप्सलगायत रोगका लागि क्लोरोक्वाइन सिफारिस गरेको थियो । तर कोरोनाका बिरामीका लागि यसले काम गर्छ कि गर्दैन भनेर अहिलेसम्म ठोस अनुसन्धान नै भएको छैन ।

अनुसन्धान नै नभएको औषधिबारे गलत सन्देश प्रवाह गरेको भन्दै घटनापछि ट्रम्पको चर्को आलोचना भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.