Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

रक्सी ठानेर स्यानिटाइजर पिए पछी एक जनाकाे मृत्यु

User Photo शनिबार, चैत्र १५, २०७६
काठमाण्डाै ।

कोरोना भाइरसबाट बच्न सुरक्षाको एक उपायको रुपमा लिइएको स्यानिटाइजरलाई एक कैदीले रक्सी ठानेर पिएका छन । जसका कारण उनको मृत्यु भएको छ । भारतको केरलाको एक जेलभित्र ती व्यक्तिको मृत्यु भएको हो । जेल अधिकारीले कैदीको मृत्यु स्यानिटाइजर पिएपछि भएको पुष्टि गरेका छन् ।

रिपोर्टका अनुसार १८ फेब्रुअरीमा जेल ल्याइएका कैदी रामनकुट्टीले जेलभित्र स्यानिटाइजर पिएका थिए, त्यसपछि उनी परिसरभित्रै लडेका थिए । जेल अधिकारीका अनुसार मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो जहाँ उनको उपचारको क्रममा मृत्यु भयो ।

घटनाको विषयमा वरिष्ठ जेल अधिकारीले भने, ‘हामीलाई शंका छ कि कैदीले राज्य सरकारको निर्देशन अनुसार जेल परिसरमै बनेको स्यानिटाइजरको एउटा बोतल पिए ।’ उनका अनुसार सरकारको आदेशमा मानिसहरुका लागि जेलभित्रै स्यानिटाइजर बनाउने काम चलिरहेको थियो ।

जेल अधिकारीका अनुसार आइसोप्रोपिल अल्कोहलको उपयोग हातको स्यानिटाइजर बनाउने प्रमुख सामग्रीको रुपमा प्रयोग गरिन्छ तर कैदीले यसलाई नशाको रुपमा प्रयोग गरे ।

मृत्युको सही कारण पोष्टमार्टमपछि पत्ता लाग्ने अनुमान गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.