Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

सहयाेग गरेका सामग्री बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान

ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेका सामाग्री पनि छिटै आउदै

User Photo आइतवार, चैत्र १६, २०७६
काठमाण्डाै ।

चीनको सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले नेपाललाई दान दिएका स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान काठमाडौं प्रस्थान गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य सामग्रीहरु बोकेर चिनियाँ विमान ग्वाङ्झाओबाट नेपाल प्रस्थान गरिसकेको र छिट्टै आइपुग्ने जानकारी दिएकी छन् ।’

राजदूत यान्छीले नेपाल ल्याउन लागिएका स्वास्थ्य सामग्रीहरु प्याक गरिएका कार्टुनका फोटा सेयर गर्दै त्यसमा सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले चन्दा दिएका आपतकालीन सामाग्रीहरू, पीपीई, थर्मोमिटरलगायत सामान रहेको जानकारी दिएकी छन् ।

यस्तै चीनको ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनले सहयोग गरेको मास्क लगायतका महामारी रोकथाम सामग्रीको पहिलो खेप पनि काठमाडौं आउँदैछ । परीक्षण किटहरु पनि छिट्टै आइपुग्ने काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.