Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

स्वास्थ्य उपकरण पुर्याउन गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्कियाे

User Photo सोमवार, चैत्र १७, २०७६
काठमाण्डाै ।

कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ ।

मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाको उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको ‘राग’ आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पनि ‘प्राविधिक समस्या’का कारण विमान फर्किएको अनलाइनखबरलाई बताए ।

अब सामान पुनः पठाइन्छ या के गरिन्छ भन्ने निर्णय भइसकेको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.