Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

वीरगञ्जका दुइ हस्पिटलले उपचार नगरी फिर्ता पठाएका विरामीकाे मृत्यु

User Photo सोमवार, चैत्र १७, २०७६
काठमाण्डाै ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका आफन्त महेश कुशवाहले बताए ।

कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै पर्साको नेशनल मेडिकल कलेजले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिदिएको थियो ।

थ्रेसरमा मुसुरो कुट्ने क्रममा खुट्टामा घाउ लागेको उनको स्थानीय मेडिकलमा टाँका लगाइएको थियो । त्यसको भोलिपल्टदेखि ज्वरो आउन थालेपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि चिकित्सकले उपचार गर्न नमानेको आफन्तले बताएका छन् ।

नेशनलपछि नारायणी अस्पतालमा प्रारम्भिक परीक्षणका क्रममा चिकित्सकले ‘सेप्टी सेमिया’का कारण बिरामीको खुट्टाको घाउ र छातीमा संक्रमण देखिएकोले सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरेका थिए ।

त्यसपछि राति नै विरामीलाई वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताल पुर्‍याए पनि दुवै अस्पतालले विरामी उपचार गर्न अस्वीकार गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.