Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

रेडक्रसको समन्वयमा चेतना सामुदायिक वनद्वारा मास्क तथा साबुन वितरण

User Photo मङ्लबार, चैत्र १८, २०७६
काठमाण्डाै ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १, उत्तर लम्कीमा रहेको चेतना सामुदायिक वन उपभोक्ता समुहले आजदेखी उपभोक्ताहरुलाई मास्क तथा साबुन वितरण गर्न शुरु गरेको छ ।
संसारभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस( कोभिड १९) को संक्रमणबाट सुरक्षित रहनका लागि नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीसंगको सहकार्यमा सामुदायिक वनले आफ्नो उपभोक्ता क्षेत्रभित्र रहेका परिवारलाई मास्क र साबुन वितरण गर्न सुरु गरेको हो ।
चेतना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लक्ष्मण बटालाले मास्क तथा साबुन वितरण कार्यक्रमको शुभारम्भ गर्दै उपभोक्ताहरुलाई कोरोना भाईरस विरुद्ध अभियानमा उपभोक्ताहरु सचेत हुनुपर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सामुदायिक वनले आज पहिलो दिन लम्कीचुहा नगरपालिका वडा नम्बर १ को गिदरपुर र थपालीपुर ए टोलमा उपभोक्ताहरुको घर घरमा गएर प्रत्येक परिवारलाई ३ थान मास्क र एक एक थान साबुन वितरण गरेको छ ।
मास्क तथा साबुन वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैना, चेतना सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष राजन आचार्य, कोषाध्यक्ष रामबहादुर चलाउने, सदस्य सरिता चौधरी, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सदस्य देवानन्द न्यौपाने, पर्सबहादुर चलाउने, महिला स्वास्थ्य एवम् सेविका पुजा देबकोटा लगायतकाको उपस्थिति रहेको थियो ।
कुल एक हजार ६ सय उपभोक्ता रहेको सामुदायिक वनले ५ हजार मास्क र एक हजार ६ सय साबुन वितरण गर्ने चेतना सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष रामबहादुर चलाउनेले जानकारी दिनुभएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.