Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 27, 2026
बिहिबार, जेष्ठ १४, २०८३

पोखरामा काेराेना पोजिटिभ देखिएका भनेकाकाे काठमाडौंमा परीक्षण गर्दा ‘नेगेटिभ’

User Photo शुक्रबार, चैत्र २१, २०७६
काठमाण्डाै ।

पोखरामा दुई दिनअघि स्थापना गरिएको कोरोना परीक्षण केन्द्रमा एकजना व्यक्तिमा कोरोना संक्रमणको ‘पोजिटिभ रिपोर्ट’ आएकोमा काठमाडौंमा दोस्रो परीक्षण गर्दा भने ‘नेगेटिभ रिपोर्ट’ आएको बताइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।

तर, ती व्यक्तिको स्वाब थप परीक्षणका काठमाडौं पठाएर परीक्षण गर्दा भने नेगेटिभ आएको बताइएको छ ।

कोरोनाको परीक्षण कम्तीमा तीनपटकसम्म गरिने हुँदा पहिलो परीक्षणमा पोजिटिभ देखिएपछि पोखराले दोस्रो परीक्षणका लागि काठमाडौं पठाएको थियो ।

दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनको पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।

रिपोर्ट पोजिटिभ नआएको दाबी

उता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले भने पोखरामा कुनैपनि व्यक्तिको रिपोर्ट हालसम्म पोजिटिभ नआएको दाबी गरेका छन् ।

केही सञ्चारमाध्यमले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको हवाला दिँदै कास्कीमा एकजना व्यक्ति कोरोनाबाट संक्रमित भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा समेत विभिन्न पदमा रहेका व्यक्तिहरुलेसमेत आफ्नो ‘स्टाटस’मा सातौं व्यक्ति कोरोनाबाट संक्रमित भएको लेखेका छन् ।

पोखरामा दुई दिनअघिदेखि कोरोना परीक्षण सुरु भएको हो ।

यहाँबाट आएका नतिजाको पुष्टि गर्न हालसम्म चारओटा नमुना काठमाडौं पठाइसकिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज शर्माले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.