Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

माइती-ससुराली भन्दै ठुलाे संख्यामा भारतिय नेपाल भित्रिदै

सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा

User Photo सोमवार, चैत्र २४, २०७६
काठमाण्डाै ।

खुला सीमा नाकाको फाइदा उठाउँदै माइती-ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् ।

नेपाल-भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ । खुला सीमा नाकाको ६३ किलोमिटर दूरी क्षेत्र दिनभर सुनसान हुने गरे पनि साँझ परेपछि माइती–ससुरालीका पाहुनाको ताँती लाग्ने गरेको छ ।

मोरङको दक्षिणवर्ती क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायसँग सीमापार भारतीय क्षेत्रको संस्कृतिदेखि ज्वाइँ र बुहारीको नाता छ । वैध र अवैध दुवै खालको व्यापारदेखि नाता सम्बन्ध जोडिएका क्षेत्र भए पनि कोरोना सन्त्रासबाट जोगिन नेपाल आउनेबाट दक्षिणी क्षेत्रका बासिन्दा भने अहिले चिन्तामा छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.