Naya Media
बुधबार, असार १०, २०८३
| | June 24, 2026
बुधबार, असार १०, २०८३

कोरोना संक्रमणबाट अमेरिकामा निधन भएका भनिएका ङिमा शेर्पा जीवितै

User Photo सोमवार, चैत्र २४, २०७६
काठमाण्डाै ।

कोरोना (कोभिड-१९) संक्रमणबाट अमेरिकामा निधन भएका भनिएका ङिमा तेम्बा शेर्पा जीवितै रहेको उनका परिवारजनले जानकारी दिएका छन्। न्युयोर्क शहरमा बस्दै आएका ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, ङिमा टेम्बा शेर्पा र अजयमान छोचुको निधन भएको खबर राष्ट्रिय समाचार समितिले प्रविष्ट गरेको थियो।

तर संक्रमणका कारण ज्यान गुमाएका भनिएका ङिमा टेम्बा शेर्पा जीवितै रहेको निजका दाजु ल्हाक्पा युला शेर्पाले जानकारी दिएका छन्। अस्पतालले नै ङिमा टेम्बाको परिवारलाई बिरामी काम नलाग्ने अवस्थामा पुगेको जानकारी दिएपछि उनको नाममा परिवारले पूजापाठ लगाएको थियो भने इन्टरनेट सामाजिक सञ्जालहरुमा श्रद्धाञ्जली समेत दिइएको थियो। तर आज बिहान अस्पतालमा सम्पर्क गर्दा ङिमाको मुटु चलिरहेको जानकारी प्राप्त भएको दाजु ल्हाक्पाले उल्लेख गरेका छन्।

अस्पतालले दिने सूचनामा भर पर्नुपर्ने भएकाले ङिमाका सम्बन्धमा उत्पन्न भएको द्विविधाप्रति उनका आफन्तजनले क्षमा मागेका छन्। ‘सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको मृत्युको खबर साथीभाइ, आफन्त तथा शुभचिन्तकलाई आफैंले दिएका हौं’ निमाका दाजु ल्हाक्पाले भने, ‘हामीले मृत आत्माको चीर शान्तिको कामना गर्दै पुजापाठ समेत सुरु गरेका थियौं।’ ल्हाक्पा शेर्पाले अस्पतालले निमालाई बचाउन नसकिएको खबर आफूहरुले पाए अनुसार नै हामीले उनको चीर शान्तिका लागि सबैलाई खबर गरेका थियौँ, उनले भनेका छन्, ‘हामीले दिएको जानकारी अनुसार नै शुभचिन्तकहरुले श्रद्धाञ्जलीसमेत लेखेका हुन्, हाम्रै गल्तीले यसो भएकाले यसलाई हामी अन्यथा लिँदैनौं । आफूहरु पनि अस्पतालकै सूचनाको भर पर्नुपर्ने भएकाले यसबाट हुन गएको दुबिधाप्रति क्षमायाचना गरेका छन् ।

उनले भनेका छन्,‘हामी सबैले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरौं।’ वाणिज्य दूतावास न्यूयोर्कका कार्यबाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले आफूलेसमेत निमाका दाजु र अन्य आफन्तसँग कुराकानी गरेर पक्का भएपछि मात्रै खबर सार्वजनिक गरेको स्वीकारेका छन्। उनले त्यही आधारमा पत्रकारलाई सूचना दिएको उल्लेख गरेका छन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.