Naya Media
बिहिबार, जेष्ठ १४, २०८३
| | May 27, 2026
बिहिबार, जेष्ठ १४, २०८३

अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्बियाे

User Photo मङ्लबार, चैत्र २५, २०७६
काठमाण्डाै ।

सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । आन्तरिक उडानबारे भने छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

यसअघि ३ वैशाखसम्म आन्तरिक र अन्तराष्ट्रिय हवाई उडानमा प्रतिबन्ध थियो । सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।

त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ । यसबीचमा चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।

सरकारले यात्रु लिएर आउन प्रतिवन्ध लगाएपछि पनि केही एयरलाइन्सले अटेरी गरेर यात्रु ल्याएका थिए । त्यसका कारण ७० भन्दा बढी व्यक्तिलाई खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ । आन्तरिक उडान वैशाख ३ सम्म स्थगित छन् । त्यसबारे थप निर्णय भएको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.