Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

समाजसेवी कृष्ण कार्कीको सहयोगमा तिन सय परिवारलाई खाद्यान्न बितरण

User Photo मङ्लबार, चैत्र २५, २०७६
काठमाण्डाै ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागी मुलुक नै लकडाउन भएको अवस्थामा दैनिक ज्याला मजदुरी गरि जिबिकोपार्जन गर्दै आएका देशका विभिन्न क्षेत्रहरुका करिब ३ सय घर धुरीलाई चामल ,नुन , तेल, दाल लगाएतका खाद्यान्न सामग्री सहयोग बरिष्ठ समाजसेवी कृष्ण कार्की आमा नरमाया कटवाल (कार्की ) को हात बाट राहत बितरण गरिएको थियो ।

बिदेशमा बसेर पनि सदैब नेपाल र नेपालीको बारेमा सोच्ने समाजसेवी कृष्ण कार्कीले गरिब दिन दुखीका भगवान् भनेर चिनिएका छन । गरिबीका कारण उपचार गर्न नपाएका धेरै परिवारको उपचार गरि दिएका छ्न । देशका करिब ३० जना एकल महिला र वृद्धहरुको लागी महिनाको एक हजारका दरले भत्ता दिने ब्यबस्था गरेका छ्न । पढ्न नपाएका गरिब ,अनाथ, असहाय तथा बिपन्न परिवारका बालबालिकालाई पढाउने ब्यबस्था गरेका छ्न ।

करिब १०० सय भन्दा माथी बृद्ध र अशक्तलाई शरीर अनुसारको नेपालकै ठुलो सम्मान कार्यक्रम गरेका थिए । बिदेशमा विभिन्न क्षेत्रमा अलपत्र परेका नेपाली चेलीको उद्वार गरेर नेपाल पठाएका छ्न । मोरङमा आएको बाढीले बगाएका बाढी पीडित परिवारको लागी १० वोटा घर आफ्नै लगानीमा निर्माण गरिदिएका थिए । एम्बुलेन्सले हानेर अलपत्र परेका बिरामीलाई तुरुन्त हस्पिटलमा लगि उपचार गरि घर खर्चको पनि ब्यबस्थाप गरि दिएका थिए । देशका विभिन्न ठाउमाहरुमा खेलकुद सामाग्री सहयोग गर्दै आइरहेको छ्न ।

समाजसेवी कार्की भन्नू हुन्छ ” रोगले मर्नु र भोकले मर्नुमा मृत्युको मुल्य कती फरक छ ? कि उस्तै हो । सोच्नुस त यहाँ रोग संगसंगै भोकको महामारी परि सुरु भयो । आउनुहोस् आफू पनि बचौ अरुलाई पनि बचाऔ सकेको सहयोग गरौं । यही नै ठुलो धर्म , कर्म हो । भोकभोकै कोहि पनि बस्नु पर्दैन , भोकभोकै कोहि पनि मर्नु पर्दैन । तपाई भोकभोकै हुनु हुन्छ भने मलाई सम्पर्क गर्नुहोस् । नागरिकता भोट लिस्टमा नाम नहेरी मानवता हेरेर अति बिपन्नहरुलाई घर मै आएर राहत उपलब्ध गराउने छु भन्नु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.