Naya Media
शनिबार, जेष्ठ १६, २०८३
| | May 30, 2026
शनिबार, जेष्ठ १६, २०८३

लकडाउन उल्लंघन गर्ने बढे, करिव साढे दुई हजारलाई कारबाही

१७ चार पांग्रे र १ सय १२ दुई पांग्रे सवारीसाधन नियन्त्रणमा

User Photo बुधबार, चैत्र २६, २०७६
काठमाण्डाै ।

लकडाउनको उल्लंघन गर्दै सडकमा निस्किने क्रम बढेकाे छ । याे क्रम बढे संगै प्रहरी पनि थप आक्रामक बनेकाेछ । उपत्यकामा थप मद्दत टोली समेत खटाएर बुधबार बिहान मात्रै दुई हजार ३ सय १ एक जनालाई कारबाही गरिएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भने,‘बिहान मात्रै लकडाउन उल्लंघन गर्ने काठमाडौं, ललितपुर र भक्तपुर सर्वसाधारणलाई ठूलोसंख्यामा होल्ड गराएका छौं ।’

होल्ड गराएर उनीहरुलाई कोरोना (कोभिड–१९) भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिइएको थियो । पोखरेलका अनुसार काठमाडौंबाट एक हजार ४ सय २४ पुरुष, ५ सय महिला, ललितपुरबाट २ सय ७४ पुरुष र ७९ महिला र भक्तपुरबाट २० पुरुष र २४ जना महिला होल्ड गराइएका छन् ।

‘यही समयमा १७ वटा चार पांग्रे र १ सय १२ वटा दुई पांग्रे सवारीसाधन पनि नियन्त्रणमा लिइएका छन्’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले भने ।

उनले लकडाउन आमनागरिककै लागि सरकारले चालेको कदम भएको बताउँदै भने, ‘अब प्रहरी कडा रुपमा प्रस्तुत हुन्छ । विभिन्न बाहनामा बाहिर निस्किनेलाई छुट हुँदैन ।’

अहिले उपत्यकामा लकडाउन कार्यान्वयनका लागि ४ हजार प्रहरी अधिकारी फिल्डमा खटिएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.