Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

सुदूरपश्चिममा १८७ नमूना नेगेटिभ

पिसिआर‘बाट थोरै मात्र परीक्षण

User Photo शुक्रबार, चैत्र २८, २०७६
काठमाण्डाै ।

कैलाली । कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार २५५ व्यक्तिको नमूना सङ्कलन गरिएकामा १८७ को नमूना ‘नेगेटिभ‘ आएको छ ।

यहाँ आयोजित ‘कोभिड—१९ मिडिया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमूनामध्ये १६४ को नमूना जाँचको क्रममा रहेको जानकारी दिए । प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोनाको सङ्क्रमण भएको यस अघि नै पुष्टि भइसकेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । क्वारेन्टाइनमा बसेका कैलालीमा १७९ र कञ्चनपुरमा ५९ जनाको र्यापिड डाइग्नोसिस टेस्ट कीटमार्फत परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ । बिहीबार नै डडेलधुरामा नेपाली सेना र स्वास्थ्य कार्यालयलगायतको टोलीले शङ्कास्पद १९७ बिरामीको नमूना सङ्कलन गरी लगेको छ ।

प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वारेन्टाइनमा बिहीबारसम्म ५६ बालबालिका, १७० महिला र दुई हजार २४० पुरुष गरी दुई हजार ४६६ बसेको, १७ विभिन्न अस्पतालको आइसोलेसनमा रहेको र ५७ जना सामान्य उपचारपछि फर्किएको जनाइएको छ ।

कोरोना सङ्क्रमण परीक्षणका लागि चाहिने कीटहरु प्रदेशका नौ वटै जिल्लामा पठाइसकिएकामा कैलाली र कञ्चनपुरमा उक्त कार्य शुरुसमेत भइसकेको कार्कीले जानकारी दिए ।

एकसाथ बढी सङ्ख्याका कोरोना शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न प्रयोग गरिने ‘आरटिपिसिआर‘ नामको उपकरण जडानको कार्य पनि अघि बढाइएको छ । धनगढीमा रहेको पशु रोग निदान तथा अन्वेषण प्रयोगशालाको भवनमा उक्त उपकरण जडान गर्न लागिएको बताइएको छ ।

यो उपकरण सञ्चालनमा आएपछि दिनमा ९० देखि ९५ वटा शङ्कास्पद नमूनाको परीक्षण गर्न सकिने स्वास्थ्य महाशाखाका प्रमुख कार्कीले बताए । सेती प्रादेशिक अस्पताल धनगढीमा केही दिनदेखि ‘पिसिआर‘ नामको उपकरणबाट कोरोनाका शङ्कास्पद नमूनाको स्वाब परीक्षण भइरहेको छ । यो प्रविधिबाट दैनिक थोरै सङ्ख्याका नमूनाको स्वाब मात्र परीक्षण गर्न सकिने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ को व्यवस्थापनका लागि सहजीकरण र क्षमता अभिवृद्धि गर्न डा भीमसिंह टिङ्करीको नेतृत्वमा रहेको टोली केही दिनमा धनगढी आइपुग्न लागेको जनाइएको छ ।
यसैगरी यस कार्यमा सहयोग गर्न र खासगरी कोभिड–१९ का ‘केस’ अनुसन्धानलगायतको कामका लागि दुई सदस्यीय विश्व स्वास्थ्य सङ्गठनको टोली पनि धनगढी आइपुग्न लागेको जनाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.