Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 30, 2026
आइतवार, जेष्ठ १७, २०८३

कञ्चनपुरमा पनि र्‍यापिड टेष्ट विधिबाट परीक्षण शुरु

रिपोर्ट नेगेटिभ

User Photo शुक्रबार, चैत्र २८, २०७६
काठमाण्डाै ।

कञ्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोना भाइरस जाँचका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण शुरु गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीका अनुसार बिहीबार शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टाइनमा रहेका २० जना भारतबाट फर्केका व्यक्तिको र्यापिड टेस्ट गरिएको हो ।

क्वारेन्टाइनमा रहेका व्यक्तिसँगै पाँच स्वास्थ्यकर्मी र होम क्वारेन्टाइनमा रहेका एक व्यक्तिको पनि र्‍यापिड टेष्ट गरिएको छ । टेष्ट गरिएका सबै जनाको रिपोर्ट नेगेटिभ । यस्तै बेलडाँडी गाँउपालिकाको क्वारेन्टाइनमा रहेका १२ जनाको र्यापिड टेष्ट गरिएको छ । र्यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले बताए । वेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेका क्वारेन्टाइनमा बस्दै आएका १५ जनाको समेत र्यापिड टेष्ट गरिएको छ । कञ्चनपुरमा भारतबाट फर्केका २३२ जना क्वारेन्टाइनमा छन् ।

सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ जिल्लामा र्यापिड टेष्ट विधिबाट क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना भाइरस जाँँच गर्ने निर्णय गरेको थियो । तालिमप्राप्त स्वास्थ्यकर्मीको टोलीले र्यापिड टेष्ट विधिबाट परीक्षण गर्न शुरु गरेको हो ।

नेपालमा देखिएका नौ जना कोरोना सङ्क्रमितमध्ये कैलालीमा तीन, कञ्चनपुरमा एक र बाग्लुङमा दुई जना रहेका छन । कैलालीका तीन र कञ्चनपुरका एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.