Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

भारतिय क्वारेन्टाइनमा खाना नपाएकाे भन्दै १४ जना महाकाली नदी तरेर नेपाल प्रवेश

यसरी आएका ३३ जना गाउँपालिकाको क्वारेन्टाइनमा

User Photo शनिबार, चैत्र २९, २०७६
काठमाण्डाै ।

नेपाल र भारत सीमा नाकामा यात्रु आवत–जावत बन्द गरेको २० दिन भयो । दुई देशबीच सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाई त्यही क्वारेन्टाइन बनाएर राख्ने सहमति पनि भएको छ । तर, भारतबाट नेपालीहरु आउने क्रम भने रोकिएको छैन ।

२५ गते राति २ बजेतिर १४ जनाको समूह महाकाली नदी तरेर नेपाल प्रवेश गरेको पाइएको छ । मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामी भन्छन्, ‘२/३ जना पौडी खेल्न सक्नेछन् । उनीहरु सुरुमा आए र त्यसपछि डोरी टाँगेर त्यसकै सहयोगमा आएका रहेछन् ।’

भोलिपल्ट प्रहरीले खबर गरेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको धामीले बताए । उनका अनुसार भारतमा मजदुरी गर्ने उनीरु बझाङ र बैतडीका हुन् ।

भारतमा लकडाउन भएपछि धार्चुलासम्म आइपुगेका थिए तर सीमामा आवागमन बन्द भएपछि रोकिए ।

भारतीय पक्षले जोलजीवी इन्टरकलेजमा बनाएको क्वारेन्टाइनमा पनि १० दिन बसे । तर खाने र बस्ने दुबै व्यवस्था आफूहरु भागेर आएको उनीहरुले बताएका छन् ।

अध्यक्ष धामीका अनुसार मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को सीमा भारतसँग जोडिएको छ । त्यसैले मानिसहरु लुकेर आउने प्रयास गर्छन् । यसरी आएका ३३ जना अहिले पनि गाउँपालिकाको क्वारेन्टाइनमा छन् ।

उनीहरुको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । आज शनिबार शैलीशिखर गाउँपालिकाको गोकुलेश्वरमा थ्रोट स्वाबको नमुना संकलनका लागि स्वास्थ्ककर्मीहरुको टोली आउने खबर आएकाले सबैलाई त्यहाँ लगिएको छ ।

उनले भने, ‘शैलीशिखर बझाङ बैतडीको सीमा नजिक पर्छ । यदि उहाँहरुले लैजान चाहनु भयो भने दिन्छौं नभए रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्छौं ।’

उनकाअनुसार सीमा बन्द भएपछि अवैध बाटोबाट थुप्रै मानिसहरु नेपाल प्रवेश गरेका छन् । ‘रातिराति मानिसहरु हिँडेका रहेछन् । सुरुसुरुमा त उनीहरुलाई रोकिएन । तर, धेरै भएपछि यसरी आउने क्वारेन्टाइनमा राख्न थालेका हौं ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.