राेकिएन नेपाल प्रवेश

भारतिय क्वारेन्टाइनमा खाना नपाएकाे भन्दै १४ जना महाकाली नदी तरेर नेपाल प्रवेश

यसरी आएका ३३ जना गाउँपालिकाको क्वारेन्टाइनमा
शनिबार, चैत्र २९, २०७६, काठमाण्डाै । 

नेपाल र भारत सीमा नाकामा यात्रु आवत–जावत बन्द गरेको २० दिन भयो । दुई देशबीच सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाई त्यही क्वारेन्टाइन बनाएर राख्ने सहमति पनि भएको छ । तर, भारतबाट नेपालीहरु आउने क्रम भने रोकिएको छैन ।

२५ गते राति २ बजेतिर १४ जनाको समूह महाकाली नदी तरेर नेपाल प्रवेश गरेको पाइएको छ । मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामी भन्छन्, ‘२/३ जना पौडी खेल्न सक्नेछन् । उनीहरु सुरुमा आए र त्यसपछि डोरी टाँगेर त्यसकै सहयोगमा आएका रहेछन् ।’

भोलिपल्ट प्रहरीले खबर गरेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको धामीले बताए । उनका अनुसार भारतमा मजदुरी गर्ने उनीरु बझाङ र बैतडीका हुन् ।

भारतमा लकडाउन भएपछि धार्चुलासम्म आइपुगेका थिए तर सीमामा आवागमन बन्द भएपछि रोकिए ।

भारतीय पक्षले जोलजीवी इन्टरकलेजमा बनाएको क्वारेन्टाइनमा पनि १० दिन बसे । तर खाने र बस्ने दुबै व्यवस्था आफूहरु भागेर आएको उनीहरुले बताएका छन् ।

अध्यक्ष धामीका अनुसार मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को सीमा भारतसँग जोडिएको छ । त्यसैले मानिसहरु लुकेर आउने प्रयास गर्छन् । यसरी आएका ३३ जना अहिले पनि गाउँपालिकाको क्वारेन्टाइनमा छन् ।

उनीहरुको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । आज शनिबार शैलीशिखर गाउँपालिकाको गोकुलेश्वरमा थ्रोट स्वाबको नमुना संकलनका लागि स्वास्थ्ककर्मीहरुको टोली आउने खबर आएकाले सबैलाई त्यहाँ लगिएको छ ।

उनले भने, ‘शैलीशिखर बझाङ बैतडीको सीमा नजिक पर्छ । यदि उहाँहरुले लैजान चाहनु भयो भने दिन्छौं नभए रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्छौं ।’

उनकाअनुसार सीमा बन्द भएपछि अवैध बाटोबाट थुप्रै मानिसहरु नेपाल प्रवेश गरेका छन् । ‘रातिराति मानिसहरु हिँडेका रहेछन् । सुरुसुरुमा त उनीहरुलाई रोकिएन । तर, धेरै भएपछि यसरी आउने क्वारेन्टाइनमा राख्न थालेका हौं ।’

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै