प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।
यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गरेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो ।
त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ ।
प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’
“Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!”
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।” pic.twitter.com/vASxaoXtnB— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020
