र्यापिड डाइग्नोस्टिक किटबाट गरिएको परीक्षण्मा कोभिड १९ पोजिटिभ देखिएकी बागलुङकी एक महिलाको स्वाब परीक्षणमा भने कोरोना नेगेटिभ देखिएकाे छ ।
बागलुङको काठेखोला–६ की ६५ वर्षीया महिलाको शनिबार गरिएको टेस्टमा पोजिटिभ देखिएपछि उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परीक्षण गरिएको थियो ।
‘र्यापिड टेष्टमा पोजिटिभ देखिए पनि प्रयोगशालामा स्वाब परीक्षणमा नेगेटिभ नतीजा आयो,’ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले भने, ‘उनको आइतबार स्वाब परीक्षण गरिएको हो ।’ ती महिला लकडाउनअघि भारतको गया तीर्थयात्रामा गएर फर्केकी थिइन ।
