Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

विज्ञ भन्छन्,- ‘लम्कीकी महिलामा भएकाे संक्रमण अनाैठाे केस’

नेपालमा संक्रमित अझै बढी हुन सक्छन, सरकारले नै चासाे दिएर संक्रमित खाेज्नु पर्याे

User Photo सोमवार, बैशाख १, २०७७
काठमाण्डाै ।

कैलालीमा आज काेराेना पुष्टी भएकी ६५ बर्षीय महिलाकाे नमुना र्यापिड टेस्ट गर्दा नेगेटिभ देखिएपछि १४ दिन क्वारेन्टाइनमा राखेर छाेडिएकाे खुल्याे ।

उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । लकडाउनका कारण समस्यामा परेकाहरू उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत्र ९ गते कैलाली पुर्याएकाे थियाे।

उनीहरूलाई स्थानीय जनप्रतिनिधिद्वारा लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकाे थियाे । क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइयो । उनी पनि भुरूवास्थित आफन्त कहाँ गएकी थिइन् ।

ट्राभल हिस्ट्रि हेर्दा उनकाे संक्रमणकाे स्राेत पत्ता लगाउन सकिएकाे छैन्, अर्थात उनले संक्रमण फैलिएकाे देशकाे भ्रमण गरेकी छैनन् र, संक्रमितकाे प्रत्यक्ष सम्पर्कमा आएकाे खुलेकाे पनि छैन ।

संक्रमितकाे ट्राभल हिस्ट्री हेर्ने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखालाई दिएकाे छ । महाशाखाका निर्देशक वासुदेव पाण्डेका अनुसार कैलालीकी संक्रमित महिलाकाे संक्रमण स्राेत पत्ता लगाउन सकिएकाे छैन । संक्रमण स्राेत पत्ता लगाउने प्रयास भइरहेकाे बताउँदै उनी भन्छन, ‘याे केस हाम्रा लागी अनाैठाे हाे । ति महिलाकाे संक्रमण स्राेत हामी खाेजी गरिरहेका छाै ।’

याे केसकाे प्रकृती हेर्दा वीरगञ्जमा अझै धेरै संक्रमितहरू हुनसक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन । उनीहरूकाे एउटै डर छ ‘वीरगञ्ज देखी कैलाली सम्म यात्रा गर्दा उनकाे सम्पर्कमा कति जना आए र उनीहरू कहाँ के गर्दैछन ?’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल केन्द्रका डा. शेर बहादुर पुनका अनुसार वीरगञ्ज नाकामा भारतिय नागरिकहरूकाे आवत जावत नराेकिएकाले पनि याे संक्रमण देखिएकाे हुन सक्छ । उनी भन्छन्, ‘याे केसमा वीरगञ्जमा देखिएकाे तिनजना भारतिय नागरिककाे सम्बन्ध हुने सम्भावना छ । संक्रमित भारतिय नागरिकहरू लामाे समय देखी नेपालमै रहनु र वीरगञ्जमा चियाँ बेच्दै आएकी महिलामा संक्रमण देखिनुकाे केही अन्तरसम्बन्ध हुन सक्छ ।’

उनका अनुसार याे केसले अरू धेरै मानिसमा पनि संक्रमण भएकाे हुन सक्ने संकेत गर्छ । साेही कारण धेरै भन्दा धेरै नमुना परिक्षण र छिटाे भन्दा छिटाे कन्ट्याक ट्रेसिङ गरिएन भने काेराेनाले महामारीकाे रूप लिन सक्छ । उनी भन्छन्, ‘याे केसले भारतबाट लक डाउनकाे समयमा लुकिछिपी धेरै मानिसहरू नेपाल प्रवेश गरेकाे प्रष्ट पार्छ ।’

डा. पुनकाे तर्कलाई पुष्टी गर्न आज मात्रै राैतहटमा देखिएकाे संक्रमितकाे केसले सहयाेग गर्छ ।

राैतहटमा संक्रमण देखिएका १९ बर्षिय युवक चैत १६ गते मध्यराति लडाउनको समयमा भारतबाट नेपाल आएका थिए । दिल्लीकाे ब्याग फ्याक्ट्रीमा काम गर्ने उनी भारतीय सीमाबाट नेपाल प्रवेश गरेर इशनाथ नगरपालिका ५ स्थित घरमा पुगेका थिए ।

तर परिवारले उनलाई घर बाहिरै राखे, त्यसकाे भोलिपल्ट नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राख्याे ।

उनी जस्तै अन्य धेरै मानिसहरू लकडाउनकाे पालना नगरी लुकीछिपी नेपाल प्रवेश गरेकाे कारण काेराेना संक्रमण फैलिन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन ।

जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणी दिक्षितका अनुसार कैलाली र राैतहटमा देखिएकाे दुई केसले नेपालमा संक्रमितहरू अझै बढी हुन सक्छन । परिक्षणकाे दायरा नबढाइएकाले नयाँ संक्रमितहरू कम देखिएकाे हाे । उनी भन्छन्, ‘अहिले सम्म देखिएका केसहरू आफै टेष्ट गर्न पुगेका देखिन्छन् । यी पछिल्ला घटनाले अब सरकारले नै चासाे दिएर संक्रमितहरू खाेज्नु पर्ने देखाउँछ ।’

विशेष गरि भारतबाट लुकिछिपी नेपाल छिरेका नेपालीहरूकाे परिक्षण गर्नुपर्ने उनकाे तर्क छ । तर लकडाउनकाे समयमा लुकिछिपी नेपाल-भारत नाका कति नेपाल प्रवेश गरे भन्ने तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.