Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 1, 2026
शनिबार, बैशाख १९, २०८३

काेराेना अपडेट- विश्वभर मृत्यु हुनेकाे संख्या एक लाख १९ हजार नाघ्याे

संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी

User Photo मङ्लबार, बैशाख २, २०७७
काठमाण्डाै ।

कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या एक लाख १९ हजार ११३ पुगेकाे छ । यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ । ४३ हजार बढी उपचारपछि निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकाको व्योमिङ राज्यमा पनि कोरोनाबाट पहिलो मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म ५ लाख ७७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या २३ हजार ६ सय ४० पुगेको छ

यो संख्या इटलीको भन्दा ३ हजार १ सय ७५ ले बढी हो । इटलीमा २० हजार ४ सय ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोनाको केन्द्र अमेरिकाको न्यूयोर्क हो । न्यूयोर्कमा मात्रै १ लाख ९५ हजारभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या १० हजार बढी छ ।

न्यूयोर्कपछि न्यूजर्सीमा २ हजार ४ सय ४३, मिशिगनमा १ हजार ४ सय ८७, लुसियानामा ८ सय ८४ र म्यासाच्युसेट्समा ७ सय ५६ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

यद्यपि पछिल्लो प्रेस बि्रफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले स्थिति स्थिर रहेको बताएका छन् । मानिसहरुले सरकारको नीति तथा निर्देशनलाई पालना गरेकाले यस्तो अवस्था आएको उनको भनाइ छ ।

विश्वको महाशक्ति राष्ट्र भनिने अमेरिकालाई समेत कोरोनाले हायलकायल पारेको छ । यद्यपि अमेरिकी सरकारले लकडाउन गरेको छैन । केबल मानिसहरुलाई घर बाहिर ननिस्किन, सामाजिक दुरी कायम गर्न र मास्क लगाउन आग्रह मात्र गरिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.