Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

त्रिवि शिक्षण अस्पतालका डाक्टरमाथि प्रहरीकाे कुटपिट

गम्भीर ध्यानकर्षण सहित संघकाे विज्ञप्ती जारी

User Photo बिहिबार, बैशाख ४, २०७७
काठमाण्डाै ।

राष्ट्रिय आवासीय चिकित्सक संघले ३ जना आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै सो घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ती जारी गर्दै संघले बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरहरु ड्युटी सकेर निवासतर्फ फर्किदै गर्दा महाराजगञ्जस्थित कान्ति बाल अस्पताल पछाडिको ओरालोमा प्रहरीले हातपात गर्नुका साथै लाठि चार्ज समेत गरेको आरोप संघले लगाएको छ ।

यस मानवीय संकटको बेलामा अत्यावश्यक सेवामा ज्यानको जोखिममा राखेर खटिरहेका डाक्टरहरुमाथि कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको दायरामा ल्याउन समेत संघले माग गरेको छ । दोषी प्रहरीमाथि कार्वाही नगरे संघले कडाभन्दा कडा कार्वाहीको कदम चाल्ने चेतावनी समेत संघले दिएको छ । प्रहरीले त्रिवि शिक्षण अस्पतालका डाक्टर शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि आक्रमण गरेको जनाइएको छ । घटनाबार प्रहरीले आधिकारिक प्रतिक्रिया दिइसकेको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.