नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्य केही भारतीय हुन् भने सबै क्रमश ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय पुरूष हुन।
यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा २७ बर्षीय पुरुष र ६३ बर्षिय महिला हुन् ।
प्रदेश १ का एक मन्त्रीले भुल्केको मस्जिदमा भेटिएका १२ जना पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको र उनीहरुलाई राति नै उदयपुरबाट प्रदेश १ स्थित कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको जानकारी दिए। संक्रमितहरुलाई कोरोना विशेष अस्पतालमा ल्याउन प्रदेश सरकारले तयारी गरिसकेको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
