Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

नेविसंघको ५१ स्थापना दिवस को अवसरमा धनगढीमा राहात वितरण

User Photo शनिबार, बैशाख ६, २०७७
काठमाण्डाै ।

नेपाल विद्यार्थी संघको ५१ स्थापना दिवस को अवसरमा आज नेविसंघ, बैतडीका नेता कमल बमले धनगढीमा कोठा भाडा गरेर बसि रहेका विद्यार्थीहरुलाई राहात वितरण गरेकाछन ।

यस अघि पनि भाडामा बसिरहेका विद्यार्थीलाई नेविसंघले राहात वितरण गरेकाे थियाे । आज वितरण गरिएकाे राहात पहिले छुटेका विद्यार्थीहरूलागी भएकाे नेता बमले बताएकाछन । आज थप २४ जना विद्यार्थीहरुलाई जनही १५/१५ केजि चामल र २ केजि दाल लगायतको सामाग्री दिइएकाे हाे । साथै राहत वितरणलाई कम जाेखिमयुक्त र सहज बनाउन सम्पुर्ण विद्यार्थीको काेठा नजिकै गएर बितरण गरिएको हो ।

राहत वितरणमा नेविसंघ नेता प्रोहित बडु, डि.एन.बोहरा, रपुनपा नगर उप- सयोजक सरोज बमले सहयोग गरेका थिए । देश अहिले विषम परिस्थितिमा छ, सबैलाई बाहिर निस्कन समेत डर भएपनि नेविसंघ नेता बमले आफैलाई जाेखिममा राखेर विद्यार्थीलाई साथ दिएकाेमा विद्यार्थीले खुसी व्येक्त गरेकाछन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.