Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

एस नेपालको समन्वयमा लम्की चुहा ३ को बादी बस्तिमा खाद्यान्न वितरण

User Photo शनिबार, बैशाख ६, २०७७
काठमाण्डाै ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ मा रहेको बादी बस्तिमा राहत वितरण गरिएको छ । ICCO Co-operation Nepal र wild GanZen,The netherlands को आर्थिक सहयोग र सशक्तिकरणका क्षेत्रमा युवाहरू एस नेपालको समन्वयमा राहत वितरण गरिएको हो । एस नेपालले राहत सामग्री लम्की चुहा नगरपालिका लाई हस्तान्तरण गरेको र नगरपालिकाको पहलमा वडा नम्बर ३ का अध्यक्ष भक्त चलाउनेको अगुवाइमा राहत वितरण गरिएको एस नेपालले बताएको छ ।
केही दिन अगाडि उक्त बस्तिमा लम्की चुहा नगरपालिकाले पनि राहत वितरण गरेको थियो । उक्त राहत सामाग्री बस्तिका मानिस नगरपालिकाका र संस्थाका प्रतिनिधिहरुको सहभागीतामा खरिद गरिएको थियो ।

दैनिक ज्याला मजदुरी गरि खाने तथा बिपन्न बादी समुदायका परिवारका जनही एक परिवारलाई ३० किलो चामल,३ किलो दाल,२ किलो नुन,२ लिटर तेल २ किलो चिनी र ४/४ पिस साबुन हस्तान्तरण गरिएको हो । बादी समुदायका सबै जस्तो परिवार दिनमा काम गरेर साझ बिहान छाक टार्ने गर्दथे देश लक डाउन भएपछि उनिहरु लाई अहिले रोगले भन्दा पनि भोकले सताएको छ ।
बस्तिकी अगुवा रमा बादिले यो राहत पनि केही दिन मात्र चल्ने भएकाले सहयोगको अपिल गर्नु भयो । राहत वितरण कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्त चलाउनेले एक नेपाल अन्यसहयोग गर्ने संस्था लाई धन्यवाद दिनु भयो ।

हस्तान्तरण गरिएको खाद्यान्न सामग्री लकडाउनका कारण घरमा चुलो नबल्ने स्थितिमा रहेका दैनिक ज्याला मजदुरी गर्ने, बिपन्न, एकल महिला, अपांगता भएका बादी परिवारलाई वितरण गरिएको एस नेपालका कार्यकारी प्रमुख जय बहादुर महराले जानकारी दिनुभएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.