Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

लम्कीचुहाका सहकारी द्वारा नगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण

User Photo आइतवार, बैशाख ७, २०७७
काठमाण्डाै ।

लम्की चुहा नगरस्तरिय बचत तथा ऋण सहकारी समन्वयमा १३ वटा सहकारी बाट संकलित रकम रु १,४८,७२०(एक लाख अठचालीस हजार सात सय बीस) बराबरको खाद्यान्न सामाग्री लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाइ लाइ हस्तान्तरण गरिएको छ ।

सहकारी समन्वय समितिको गत चैत्र २१ गते बसेको बैठकले समिती मातहतका बचत तथा ऋण सहकारी बाट जम्मा रकम संक

लित गरि अहिले विश्व महामारीको रुपमा रहेको (कोभिड १९) कोरोना भाइरसका कारण जनजिवन प्रभावित भइ नेपाल सरकारले जारी गरेको लक डाउनको अवस्थामा समाजमा रहेका दैनिक ज्यालादारी गर्ने मजदुर र अति विपन्न वर्गका ब्याक्तीहरुलाई सहयोग स्वरुप खाद्यन्न सामाग्रीहरु लम्की चुहा नगरपालिका मार्फत जनसमुदायमा वितरण गर्ने निर्णय अनुसारको राहत सामग्री नगर प्रमुख बजगाई लाई हस्तान्तरण गरिएको हो ।
सहकारी बाट संकलित रकम एक लाख अठचालीस हजार सात सय बीस रुपैयाँ बराबरको चामल चौबीस कुन्टल,दाल मिक्स २४० किलो,खाने तेल ८० लिटर,आयो नुन १६० किलो,साबुन ३२० को जम्मा सामाग्री हस्तान्तरण गरिएको हो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.