दल विभाजनसम्बन्धी प्रावधान खुकुलो बनाउँदै सरकारले जारी गरेको अध्यादेशलाई लिएर नेताहरूले विभिन्न प्रतिक्रिया दिएका छन । नेपाली काङ्ग्रेस अहिले अध्यादेश ल्याउनु बेमौसमी बाजा भनेको छ । पत्रकार ऋषि धमाला संग कुराकानी गर्दै नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले यो बेला सरकारले अध्यादेश ल्याउनु गलत भएको बताउनु भएको छ ।
पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रकाे हत्या भएको प्रतिक्रिया दिनु भएको छ । राष्ट्रिय जनता पार्टीका नेता शरदसिंह भण्डारीले अध्यादेश आउनु ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भन्नू भएको छ । नेपाल कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेलले जनताको भावना बिपरित अध्यादेश आएको बताउनु भयो ।
