काठमाण्डाै ।
आज थप दुई जना निको भएर डिस्चार्ज भएकाछन । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकुका ३२ वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
याे संगै निको भएर घर जानेकाे संख्या ७ पुगेकाे छ । संक्रमित ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
