Naya Media
मङ्लबार, साउन १२, २०८३
| | July 28, 2026
मङ्लबार, साउन १२, २०८३

विश्वभर २७ लाख भन्दा बढी काेराेना संक्रमित, १ लाख ९० हजारकाे मृत्यु

User Photo शुक्रबार, बैशाख १२, २०७७
काठमाण्डाै ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेको छ ।

विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । जसमा अमेरिकामा मात्र ४९ हजार ८ सय जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म ७ लाख ३८ हजार जना निको भएर घर फर्किएका छन् । अमेरिकामा ८० हजार जना निको भएका छन् ।

अमेरिकापछि बढी प्रभावित इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार जना संक्रमित भएका छन् । स्पेनमा संक्रमित संख्या २ लाख १३ हजार छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ ।

फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।

बेलायतमा १ लाख ३९ हजार संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.