Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

विवरण टिपेर विराटनगर बाट आएका १६० यात्रुकाे काडमाण्डाै प्रवेश

User Photo सोमवार, बैशाख १५, २०७७
काठमाण्डाै ।

थानकोट प्रहरीले विराटनगर महानगरपालिकाले पठाएका १६० यात्रुलाई विवरण टिपेर छाडेको छ । विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले व्यक्तिगत विवरण टिपेर गन्तव्यमा जान दिएको हो ।

यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर प्रहरीले यात्रुलाई छाडेको हो। महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो।

उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा प्रहरीले केहीबेर रोकेको थियो। हरेक बसमा १९ जना यात्रु पठाइएको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए। प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो।

८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका याुत्रहरु काठमाडौं प्रवेश गरिसकेका थिए। तर त्यसपछि आएका यात्रुलाई भने माथिको आदेश चाहिने भन्दै प्रहरीले रोकेको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.