Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

वैशाख १७ मा नजिक आउँदै गरेकाे क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन

User Photo मङ्लबार, बैशाख १६, २०७७
काठमाण्डाै ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले एक विज्ञप्ति जारी गरी सामाजिक संजालमा भईरहेका चर्चा, केहि राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरका अनलाइन पोर्टलमा आएका क्षुद्रग्रह १९९८ ओ‍.आर.२ सम्बन्धी समाचारहरुले नेपाली जनमानसमा पर्ने गरेको छाप प्रति ध्यानाकर्षण भएको बताएकाे छ ।

प्रायः राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सबै स्तरका समाचारले यो क्षुद्रग्रह पृथ्वीदेखी नजिकै आउने बताइएको भए पनि कति नजिक आउने हो, यसले पृथ्वीमा खतरा छ/छैन तथा नाङ्गो आँखाले देख्न सकिने/नसकिने बारे स्पष्टरुपमा बताइएको नपाइएकाले अस्पष्ट रहेका विषय स्पष्ट पार्न खोजेको पनि विज्ञप्तिमा जनाएको छ ।

सो क्षुद्रग्रहका बारेमा विज्ञप्तिमा यसरी प्रष्ट पारिएको छ ।

अप्रिल २९ तारिख (वैशाख १७ गते) के हुँदैछ ?

यस दिन यो क्षुद्रग्रह पृथ्वीदेखी सबैभन्दा नजिक आउँदैछ। तर अत्यन्तै नजिक हँदा पनि यो आकाशीय पिण्ड हामीभन्दा करिब ६२, ८२,००० (बैसठ्ठी लाख बयासी हजार) किलोमिटर टाढा रहनेछ। पृथ्वी र चन्द्रमाबीचको औसत दुरी करिब ३,८४,००० (तीन लाख चौरासी हजार किलोमिटर) छ। त्यसैले यसरी नजिक आउँदा पनि यो क्षुद्रग्रह हामीबाट चन्द्रमा भन्दा करिब साढे सोह्र गुणा टाढा रहनेछ।

के यो क्षुद्रग्रहबाट पृथ्वीलाई केहि खतरा छ त ?

यो क्षुद्रग्रह सन् १९९८ जुलाई २४ तारिखमा पहिलो पटक पत्ता लागेको थियो र त्यसैले यसको नाम अर्थात् १९९८ ओ.आर.२ रहन गएको हो। यो क्षुद्रग्रहको वैज्ञानिक नाम ‘५२७६८’ हो। कुनै पनि क्षुद्रग्रहलाई हामीले/खगोलवैज्ञानिकहरुले राम्रोसँग बुझेपछि यस्तो किसिमको नाम दिइन्छ। यो क्षुद्रग्रहको अस्थायी नाम ‘१९९८ ओ.आर. २’ हो भने स्थायी नाम ‘५२७६८’ हो। विगत् तीन दशकभन्दा बढी समयदेखि निगरानीबाट प्राप्त ज्ञान अनुसार यो क्षुद्रग्रहबाट पृथ्वीलाई कुनै खतरा छैन। त्यसैले हाल कोही पनि त्रसित हुनुपर्ने अवस्था होइन।

के नेपालमा पनि यस्तो किसिमको खोजीकार्य भइरहेको छ ?

सन् २०१६ देखि हामीले नेपालमा संचालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियान भाग लिएका विद्यार्थीहरुले पत्ता लगाएका र प्रारम्भिक पहिचान पाउन सफल थुप्रै क्षुद्रग्रहमध्ये हालसम्म एउटाले अस्थायी नाम पाइसकेको छ। उक्त क्षुद्रग्रह एस.ओ.एस. सानोठिमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले सन् २०१९ मा पत्ता लगाएका हुन् जसको नाम २०१९ ए. ई. १८ हो। यसलाई नेपाली विद्यार्थीहरुले सन् २०१९ जनवरी २ तारिख पत्ता लगाएका हुन्।

के यो क्षुद्रग्रहलाई वैशाख १७ गते (अप्रिल २९ तारिखका दिन) नेपाली आकासमा नाङ्गो आँखाले देख्न सकिन्छ ?

हालैको एउटा अध्ययनले यो क्षुद्रग्रहको आकार करिब २ किलोमिटरको रहेको बताइएको छ। सुरुमा यसको आकार १.८ देखि ४.१ किलोमिटर अनुमान गरिएकोमा अरेसीबो वेधशालाले अप्रिल १८, २०२० मा लिएको रडार तस्विरको अध्ययनबाट यो क्षुद्रग्रह करिब २ किलोमिटरको रहेको बताइएको छ। त्यसैले नजिक आउँदा पृथ्वी- चन्द्रमाको दुरीभन्दा कम्तिमा १६ गुणा टाढा रहने र करिब २ किलोमिटरको रहेकोले साथै यसको औसत् अपेरेन्ट म्याग्निच्युड करिब ११ रहेकोले नाङ्गो आँखाले यसलाई देख्न सकिदैन। यसलाई अबलोकन गर्न ठुलै खालको टेलिस्कोप आवश्यक पर्छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.