Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

कोरिया जाने नेपाली पुर्याउन बैशाख १८ मा उडदै नेपाल एयरलाइन्सको जहाज

User Photo मङ्लबार, बैशाख १६, २०७७
काठमाण्डाै ।

नेपालमा बिदामा आएका र कोरियाको भिसा लागेर पनि जान नपाएका नेपाली बोकेर नेपाल एयरलाइन्स कोरियाको राजधानी सियोल उड्ने भएको छ ।

१८ वैशाखमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरिया जान लागेको हो । गैरआवासीय नेपाली संघ कोरियाको चार्टर्डमा यो जहाज कोरिया जान लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

‘कोरिया जाने नेपाली नागरिक बोकेर जहाज उड्ने पक्का भएको छ, उनले भनिन्, ‘यात्रु संख्या भने अझै टुंगो लागिसकेको छैन ।’ यसअघि मन्त्रीपरिषद् बैठकले कोरिया जान अड्किएका नेपालीलाई लकडाउनकै अवधिमा समेत जान दिने गरी निर्णय गरेको थयो ।

यससँगै उनीहरुलाई कोरिया जाने बाटो खुलेको हो । प्रवक्ता खड्काका अनुसार ए३३० जहाज १८ वैशाखमा बिहान १० बजे कोरियाको सियोलस्थित इङचोन विमानस्थलमा उड्नेछ ।

सो विमान भोलिपल्ट बिहान १ बजे काठमाडौं अवतरण गर्ने कार्यक्रम रहेको छ । नेपालमा विदेशबाट मानिस आउने भने प्रतिवन्ध छ ।त्यसकारण जहाज रित्तै नेपाल र्फकने भएको छ । लकडाउन शुरु भएयता नेपाल एयरलाइन्सले आन्तरिक तथा बाहृय गरी झण्डै दुई दर्जन चार्टर्ड उडान गरिसकेको छ ।

कोरियाको भिसा रहेका बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउनदिने वैशाख १४ गते बसेको मन्त्रीस्तरीय बैठकले निर्णय भएको श्रम मन्त्रालयले जनाएको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत बिदामा आएका इच्छुक कामदारलाई विमान चार्टर गरी पठाउन लागिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । त्यसका लागि इच्छुक कामदारले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

नेपालमा व्यवसायिक उडानमा प्रतिवन्ध लागेको १ महिना पुगिसकेको छ । पछिल्लो समय २ जेठसम्म यस्तो प्रतिवन्ध कायम छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.