Naya Media
सोमवार, बैशाख २१, २०८३
| | May 4, 2026
सोमवार, बैशाख २१, २०८३

वीरगञ्जका थप एक जनामा कोरोना पुष्टी, संक्रमित संख्या ५८ पुग्याे

User Photo बुधबार, बैशाख १७, २०७७
काठमाण्डाै ।

वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

आइतबार मात्र वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा संक्रमण भेटिएको हो ।

बुधबार मात्र वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।

तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

आइतबार कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.