Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

२५ लाख ५० हजार धराैटीमा व्यवसायी सुलभ अग्रवाल रिहा

User Photo बिहिबार, बैशाख १८, २०७७
काठमाण्डाै ।

कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवाल रिहा भएकाछन । काठमाडौं जिल्ला अदालतले माग गरेकाे २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी आज रिहा भएका हुन ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो ।

व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले चैत २५ गते नक्सालबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही गर्न जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.