Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

धनगढीमा एक जना डोजर चालकको शव स्कुलमा फेला

User Photo शनिबार, बैशाख २०, २०७७
काठमाण्डाै ।

धनगढीमा एक जना डोजर चालकको शव फेला परेको छ । दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० वर्षीय तिलक बुढामगरको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ ।

कैलालीस्थित धनगढी उपमहानगरपालिका वडा नम्वर १४ को पञ्चोदय माध्यमिक विद्यालयमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख दक्ष बस्नेतले बताए ।

‘बिहान हामिलाई खबर आएको हो,’ उनले भने, ‘उनी सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।’

विद्यालयमै भइरहेको निर्माण कार्यमा उनले डोजर चलाउँदै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख बस्नेतले जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.