Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

वैशाख २६ गतेबाट विद्यार्थी भर्ना सुरु हुने- शिक्षा मन्त्री

User Photo आइतवार, बैशाख २१, २०७७
काठमाण्डाै ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताएका छन् । ‘वैशाख २५ गतेसम्म बन्दाबन्दी कायम रहन्छ, त्यसपछि मन्त्रिपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्नेछ,’ मन्त्री पोखरेलले भने, ‘बन्दाबन्दीसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको छ । वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ ।’

कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भएकाले नतिजा प्रकाशनमा केही समस्या आएमा चाँडो निकास दिइने मन्त्री पोखरेलले बताए । ‘बन्दाबन्दी कायमै रहे पनि केही खुकुलो गरिनेछ,’ उनले भने, ‘सम्बन्धित विद्यालयले सामाजिक दूरी कायम गरेर अभिभावक र विद्यार्थीलाई नतिजा दिलाउने र भर्ना प्रक्रिया अघि बढाउनु पर्छ ।’

मन्त्री पोखरेलले सामुदायिक (सरकारी) विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको समेत बताए । ‘जनक शिक्षालाई सबै जिल्लामा पाठ्यपुस्तक पठाउन भनिएको छ,’उनले भने, ‘त्यसैअनुसार निजी विद्यालयहरूले समेत तयारी गरेका छन् । प्याब्सन, एनप्याब्सनलगायत संगठनसित त्यसैअनुसार कुराकानी भएको छ ।’

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अधिकांश सामुदायिक विद्यालयले नतिजा प्रकाशन गरिसकेको बताए । ‘सरकारले बन्दाबन्दीको अवस्था केही खुकुलो गरेको खण्डमा विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउने वातावरण बन्न सक्छ,’शैक्षिक सत्र धकेलिन नहुने उल्लेख गर्दै प्रधानाध्यापकसमेत रहेका थापाले भने, ‘शारीरिक दूरी कायम गरेर पठनपाठन सुरु गर्नुपर्छ । तत्काल नयाँ पाठ्यपुस्तक नभए पनि हुन्छ । केही विषयबाहेक पुरानै पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित पाठ्यसामग्री लिएर शिक्षक र विद्यार्थीबीच संवाद सुरु हुनुपर्छ । हामी त्यही तयारीमा छौं ।’

पाठ्यपुस्तक ढिलो पुग्‍ने भएकाले मन्त्रालयले प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई ‘सफ्ट कपी’उपलब्ध गराउनु पर्ने उनले बताए । ‘तर, अहिले अनलाइन शिक्षणचाहिँ आवश्यक छैन, यसले विभेद सिर्जना गर्छ,’ उनले भने ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले वैशाख २५ गतेको पर्खाइमा रहेको बताए । ‘सरकारकै निर्देशनअनुसार प्रत्येक विद्यालयमा नतिजा प्रकाशन गर्ने काम जारी छ,’ उनले भने, ‘लकडाउन खुकुलो भएमा सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना लिनु पर्छ भन्ने पक्षमा छौं,’ उनले भने, ‘जेठबाट केही न केही रुपमा पठनपाठन गर्नेछौं ।’

त्यसैगरी नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले अधिकांश विद्यालयले अनलाइनबाट नतिजा प्रकाशन गरेको र नयाँ भर्नाको तयारीमा जुटेको बताए । ‘लकडाउन खुकुलो भयो भने विद्यार्थी भर्ना गर्ने वातावरण बन्नुपर्छ,’केही विद्यालयले अनलाइन शिक्षणको प्रयास गरेको उल्लेख गर्दै उनले भने, ‘अनलाइन सम्भव नभएमा पुरानै पाठ्यपुस्तकलाई लिएर पठनपाठन हुनुपर्छ ।’ अभिभावकले तत्काल बजारमा पाठ्यपुस्तक पाउन नसक्ने उनले बताए ।

निजी विद्यालयले मुनाफा कमाउने उद्देश्यले हरेक वर्ष पाठ्यपुस्तक फरक फरक प्रकाशकसित सम्झौता गरेर लागू गर्दछन् । त्यसैगरी विद्यार्थीको पोसाक, पाठ्यपुस्तकसमेत विद्यालयले भनेकै ठाउामा मात्र खरिद गर्नुपर्ने बाध्यता रहादै आएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.