Naya Media
शनिबार, बैशाख १९, २०८३
| | May 2, 2026
शनिबार, बैशाख १९, २०८३

सालीसँग विवाह गर्न श्रीमती घुमाउन लिएर उतै हत्या, हराएकाे भन्दै उजुरी

User Photo सोमवार, बैशाख २२, २०७७
काठमाण्डाै ।

सालीसँग दोस्रो विवाह गर्नका लागि धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । हत्या गरेर सामुदायिक वनमा श्रीमतीको शव गाड्ने श्रीमान पक्राउ परेका छन् ।

जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका हरि चौहानले आफ्नै श्रीमती वीणा चौहान लामाको हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । उनका अनुसार चौहानले श्रीमतीलाई लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा घुमाउन लैजाने बहानामा हत्या गरेका हुन् ।

‘गत वैशाख १८ गते नै हरिले बिणाको सलले घाँटी थिची हत्या गरेका रहेछन्,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘हत्या लगत्तै उनलाई मगर्नी खोला छेउमै खाल्डो खनी गाडेका थिए ।’

वीणा हराएको भन्दै उनका पिताले हुलियासहितको निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । अनुसन्धानकै क्रममा उनका पति हरिलाई नियन्त्रणमा लिएपछि हत्या गरेर गाडिएको जानकारी आएको प्रहरीको भनाइ छ ।

‘हरिको बयानका आधारमा हामीले आइतबार राति नै शव उत्खनन् गरेका छौं,’ उनले भने । उनको बयानका आधारमा शव निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएको र हरीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सालीसँग बिहे गर्न पत्नीको हत्या

हरिले ५ वर्षअघि वीणासँग प्रेम विवाह गरेका थिए । यी दुवैको १ छोरा र १ छोरी समेत छन् । तर यो बीचमा हरिले वीणाकी कान्छी बहिनीसँग पनि प्रेम सुरु गरेका थिए । वीणालाई साइड लगाएर मात्रै हरिले सालीसँग विवाह गर्न लागेका थिए ।

सालीले ‘दिदी घरमा रहेसम्म म तपाईंको श्रीमती बन्न सक्दिनँ’ भनेर आफूलाई भनिरह्यो’ हरिले प्रहरीसँगकाे बयानमा भनेका छन्, “मलाई साली मन पर्न थालिसकेको थियो । त्यहीं भएर उनलाई पाउन वीणाको हत्या गरेको हुँ ।”

प्रहरीले यो घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.