Naya Media
बुधबार, जेष्ठ १३, २०८३
| | May 27, 2026
बुधबार, जेष्ठ १३, २०८३

निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा प्रहरीमाथि ढुंगामुडा

User Photo मङ्लबार, बैशाख २३, २०७७
काठमाण्डाै ।

निषेधाज्ञा जारी गरिएको नेपालगञ्जमा स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । त्रिवेणी चोकका एक युवालाई प्रहरीले पक्राउ गरेपछि बिहान साढे १० बजे प्रहरी र स्थानीयबीच झडप भएको हो ।

निषेधाज्ञाका बीच प्रहरीले बिहान ११ बजेसम्म अत्यावश्यक सामाग्री किन्नका लागि बजार खुला गरेको थियो । रानीतलाउ क्षेत्रमा रहेको तरकारी बजारमा तरकारी किन्नेको भीड बढेपछि प्रहरीले हटाउन खोज्दा विवाद उत्पन्न भएको थियो । विवाद गरेको भन्दै प्रहरीले त्रिवेणी चोकका एक युवालाई त्यहाँबाट पक्राउ गरेको र त्यसको विरोधमा निषेधाज्ञाबारे माइकिङ गर्दै हिँडेको प्रहरीको गाडीमा स्थानीयले ढुंगामुडा गरेको एसपी वीरबहादुर ओलीले बताए ।

‘माइकिङ गर्दै हिँडेको प्रशासनका कर्मचारी र प्रहरीलाई घेराउ गरेपछि केहीबेर तनाव पैदा भएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको छ,’ वलीले भने । स्थानीयले भने प्रशासनले पसल खोल्नु भनेको समयसमा खोल्दा पनि प्रहीले कुटपिट गरेको बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.