Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

लम्कीचुहा नगरपालिकाकाे राहत काेषमा मेरोमाइक्रोफाइनान्स द्वारा ७५ हजार सहयाेग

User Photo बुधबार, बैशाख २४, २०७७
काठमाण्डाै ।

कोरोना भाइरसको नियन्त्रण तथा यसबाट प्रभावितलाई राहत उपलब्ध गराउन मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले लम्कीचुहा नगरपालिकालाई आर्थिक सहयोग गरेको छ।

लम्कीचुहा नगरपालिकाले स्थापना गरेको राहत कोषमा फाइनान्सले ७५ हजार सहयोग गरेको हो। बिश्वभर फैलिएको कोरोनाभाइरसले समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नगरपालिकाको पहलकदमीलाई साथ दिन सहयोग गरिएको संस्थाले जनाएको छ ।

फाइनान्सका बौनिया शाखा कार्यालय, कैलालीका प्रमुख दिपेन्द्र बटालाले लम्कीचुहा नगरका प्रमुख महादेव बजगाईंलाई उक्त चेक हस्तान्तरण गरेकाहुन ।

यहि सन्दर्भमा फाइनान्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोग गरिरहेको संस्थाले जानकारी दिएकाे छ ।

नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पूर्ण रुपमा पालना गर्दै फाइनान्सले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ ।

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.