Naya Media
आइतवार, जेष्ठ १७, २०८३
| | May 31, 2026
आइतवार, जेष्ठ १७, २०८३

नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएकाे भन्दै सजग हुन प्रधानमन्त्रीकाे आह्वान

'बुद्ध जयन्ती मनाउन सक्ने अवस्था छैन, साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न गराै'

User Photo बिहिबार, बैशाख २५, २०७७
काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन पनि आह्वान गरेका छन् ।

‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्,’ प्रधानमन्त्री ओलीले बिहीबार एक सन्देश जारी गर्दै भनेका छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको उल्लेख गर्दै उनले कोरोनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुपन अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिका र कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्न तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोधसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणका कारण बुद्ध जयन्तीको कार्यक्रम मनाउन सक्ने अवस्था नरहेको भन्दै घरघरमा दीपावली गर्न आह्वान गरेका हुन ।

शान्तिको चाहनामा आज विश्व तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिका सन्देशहरु सबै मिलेर सम्प्रेषण गर्न आग्रह गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.