Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

वडा कार्यलय सगै “राउन्ड टेबल २७”

User Photo आइतवार, बैशाख २८, २०७७
झापा ।

लकडाउन लम्बिएसँगै बिपन्न वर्गमा खाद्यान्न संकट जटिल बन्दै गएको छ । सरकारले उद्योग र निर्माण कार्य सुचारु गर्न दिने निर्णय सार्वजनिक गरे पनि व्यवहारमा लागू हुन नसक्दा दैनिक ज्याला मजदूर थप संकटमा परेका छन्।

सरकारले राहत वितरण प्रक्रियालाई एकद्वार बनाएपनि खासै प्रभावकारी देखिदैन। झापा बिर्तामोड नगरपालिकाले भने स्थानिय “राउन्ड टेबल-२७” लाई राहत वितरण गर्न अनुमती दिएको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर- ३ ले आफ्ना वार्डका अति बिपन्न २० परिवारलाई नगरपालिकाले तय गरे बमोजिमको राहत सामाग्री वितरण गर्न अनुमति दिएको हो।

सरकारी निकायसँगै मिलेर काम गर्न पाएकोमा आफुहरु हर्षित भएको सस्थाका अध्यक्ष सुमित मंगलले बताए। ‘सरकारी निकायले सामाजिक संस्थाहरुसगँ साझेदारी गर्दै काम गरेर एउटा फरक सन्देश दिएको छ, उहाँहरु सगै मिलेर काम गर्न पाँउदा हामिलाई खुशी लागेको छ’, अध्यक्षले मंगलले भने।

राहत वितरण मात्रै नभई सामुदायिक हितका अन्य काममा पनि आफुहरु सरकारका निकायहरू सहकार्य तयार रहेका टेबलका कार्यक्रम संयोजक मिजास पोख्रेलले बताए।

राउन्ड टेबल-२७ ले यसअघि बिर्तामोड प्रहरी कार्यलयमा “डिसइन्फेक्सन बुथ” समेत निर्माण गरेको छ।

सोहिक्रममा चेक बुझ्दै बिर्तामोड नगरपालिका वडा नम्बर ३ का प्रतिनिधिले राज्यलाई अप्ठ्यारो परेको समयमा सबैले सहयोग गर्नुपर्ने बताए।

तस्बिर: शरद जोशी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.