Naya Media
आइतवार, बैशाख २०, २०८३
| | May 3, 2026
आइतवार, बैशाख २०, २०८३

चिनियाँ सन्चार माध्यमकाे दाबीः सर्वोच्च शिखर सगरमाथा चीनमा पर्छ

User Photo आइतवार, बैशाख २८, २०७७
काठमाण्डाै ।

नेपाल अहिले दुखमा छ । यस संगै छिमेकी देशहरूले एक पछी अर्काे दादागिरी देखाउन सुरू गरेकाछन । भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको छ । चिनियाँ नागरिकले नेपालकाे राजधानीमै बर्दीवाला प्रहरीमाथी आक्रमण गरेकाे चर्चा सकिएकाे छैन । यही बेला चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने बताएकाे छ ।

चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो । सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ ।

सीजीटीएनले गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् ।

चाइना मोबाइल र हुवावे कम्पनीले सगरमाथाको तिब्बतर्फको पाखोमा फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका छन् । ६ हजार ५ सय मिटरको उचाइमा निर्मित यस स्टेसनलाई विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन भनिएको छ । हालै हुवावेले फाइभ जी स्टेशनका लागि चाहिने उपकरणहरु याक र चौंरीबाट ढुवानी गरिरहेको भिडियो सार्वजनिक गरेको थियो ।

सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।

चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाइबारे अध्ययन गरेका छन् । उनीहरुले १९७५ मा सगरमाथाको उचाइ ८ हजार ८४८.१३ मिटर र २००५ मा आठ हजार ८४४.४३ मिटर रहेको उल्लेख गरेका छन् ।

भारतीय सर्भेयरको सहयोगमा सगरमाथाको उचाइ पहिलोपटक सन् १९५० को दशकमा नापिएको थियो । त्यतिबेलादेखि हालसम्म सगरमाथाको आधिकारिक उचाइ ८ हजार ८ सय ४८ मिटर मानिएको छ ।

सन् १९९९ मा अमेरिकाको नेश्नल जिओग्राफिक सोसाइटीले जीपीएसको सहायताले सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर रहेको निष्कर्ष निकालेको थियो । त्यसलाई नेपालले स्वीकार नगरेपछि सन् २००५ तिर चिनियाँ नापीको टोलीले सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ मिटर रहेको र त्यसमा हिउँको उचाइ चार मिटरजति रहेको निष्कर्ष निकालेको थियो । सन् २०१० तिर फेरि सगरमाथाको उचाइ पुनः ८ हजार ८ सय ४८ मिटर नै हो भन्ने सहमति जुटाइयो ।

सन् २०१५ (वि.सं. २०७२) मा नेपालमा आएको भूकम्पले सगरमाथाको उचाइ केही घटेको हुन सक्ने अनुमान पनि गरिएको छ । गत वर्ष जेठ महिनामा नेपालको नापी विभागको टोली सगरमाथाको उचाइ नापेर फर्कियो तर हालसम्म त्यसको रिपोर्ट सार्वजनिक गरिएको छैन ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.